नेपाललाई नवाैं सफलता, करणले लिए तीन विकेट

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा मलेशियासँग पहिले फिल्डिङ गरिरहेको नेपालले राम्रो प्रदर्शन गरिरहेको छ ।
भर्खरै नेपालले मलेशियाको नवौं विकेट लिएको छ ।

नेपालका करण केसीले नवौं सफलता दिलाएका हुन् । यससंगै उनले अहिलेसम्म तीन विकेट लिएका छन् ।

आजको खेलमा उनैले विकेटको खाता खोलेका थिए ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले १६ औं ओभरको खेल सकिँदा १०६ रन बनाउन ९ विकेट गुमाएको छ । मलेशियाका दुई खेलाडीले मात्र दोहोरो अंकमा रन जोड्न सकेका छन् ।

नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी, करण केशी, दिपेन्द्रसिंह ऐरीले एक एक विकेट लिएका छन् ।

प्रतिक्रिया