मलेशियाको आठौं विकेट पतन

काठमाडौं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा मलेशियासँग पहिले फिल्डिङ गरिरहेको नेपालले राम्रो प्रदर्शन गरिरहेको छ ।
भर्खरै नेपालले मलेशियाको सातौं विकेट लिएको छ । नेपालका करण केसीले आठौं सफलता दिलाएका हुन् । यससंगै उनले अहिलेसम्म दुई विकेट लिएका छन् । आजको खेलमा उनैले विकेटको खाता खोलेका थिए ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले १५ औ ओभरको खेल सकिँदा १०६ रन बनाउन ८ विकेट गुमाएको छ ।

नेपालका लागि सन्दीप लामिछाने, सोमपाल कामी, करण केशी, दिपेन्द्रसिंह ऐरीले एक एक विकेट लिएका छन् ।

प्रतिक्रिया