नेपाललाई थप सफलता

काठमाडाैं । त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेपालले मलेशियासँग राम्रो प्रदर्शन गरिरहेको छ ।

भर्खरै नेपालले मलेशियाको चौथो विकेट लिएको छ । नेपालका दिपेन्द्रसिंह ऐरीले चौथो सफलता दिलाएका हुन् ।

त्रिवि मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ थालेको मलेसियाले ८ ओभरमा ५२ रन बनाउन ४ विकेट गुमाएको छ ।

६ ओभरको पावर प्ले सकिँदा २ विकेट गुमाउँदै ४४ रन बनाएको थियो । नेपालका लागि करण केसी र सोमपाल कामीले एक एक विकेट लिए । मलेसियाका एक खेलाडी रन आउट भए ।

प्रतिक्रिया