नेपाल मलेशियासँग पहिले फिल्डिङ गर्दै

काठमाडौं । त्रिदेशीय ट्वेण्टी ट्वेण्टी क्रिकेटमा नेपालले मलेशियासंग पहिले फिल्डिङ गर्ने भएको छ । कीर्तिपुरमा नेपालका कप्तान ज्ञानेन्द्र मल्लले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

खेल केहीबेरमा शुरु हुनेछ ।

नेपालले यसअघिको टिमलाई नै निरन्तरता दिएको छ । टिममा कप्तान ज्ञानेन्द्र मल्लसहित दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, करण केसी, सोमपाल कामी, सन्दिप लामिछाने, साहब आलम, अविनाश बोहरा, आशिफ शेख, कुशल भुर्तेल र कुशल मल्ल छन् ।

प्रतियोगितामा नेपाल र मलेशिया दुबैले आ–आफ्नो दोश्रो खेल खेल्न लागेका हुन् । नेपालले पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । मलेशिया भने नेदरल्याण्डसँग पराजित भएको थियो ।

प्रतिक्रिया