हिमाल सफाइ अभियानमा कोकाकोला र नेपाली सेना हातेमालो गर्दै

काठमाडौं । कोकाकोला र हिमालयन क्लाइमेट इनिसिएटिभ (एचसीआई) ले हिमाल सफाई अभियान २०२१ को लागि नेपाली सेनासँग हातेमालो गरेका छन् । हिमालय क्षेत्रलाई सफा राख्न सुरु गरिएको यो राष्ट्रिय सफाई कार्यक्रमको दोस्रो संस्करण हो ।
यो कार्यक्रमले हिमालहरुलाई बचाउने, जलवायु परिवर्तनको प्रभावलाई कम गर्ने र ६ वटा हिमाल सगरमाथा, लोत्से, मकालु, धौलागिरी, पुमोरी र आमादब्लमलाई सफा गर्ने उद्देश्य राखिएको छ ।
हिमाल सफाईअभियान २०७८ का सञ्चार ब्यवस्थापक दिपक भण्डारीले कोकाकोलाको प्रणालीले नेपाली सेना र गौरवशाली हिमालहरु सफा गर्न गरेको प्रयासलाई समर्थन गरिरहेको बताए । ‘हाम्रो लक्ष्य चुचुरोबाट सकेसम्म धेरै फोहोर उठाउनु हो । हामी समुदाय र साझेदारहरुसँग हिमाल सफा राख्नको लागि जागरुकता बढाउन संलग्न भएका छौं’ उनले भने ।
२०७६ सालमा नेपाली सेनाको नेतृत्वमा कोकाकोला र धेरै सरोकारवालाले पहिलो पटक “सगरमाथा हिमाल सफाई अभियान अभियान सञ्चालन गरेका थिए । यस अभियानको माध्यमबाट सगरमाथाबाट ४८९२ किलो फोहोर र सगरमाथा बेस क्याम्पबाट ५६९४ किलोको फोहोर संकलन गरिएको थियो ।
बोतलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले हिमालय क्षेत्रको चुचुरो सफा गर्ने यस जरुरी कामका लागि समान विचारधाराका साझेदारहरुलाई एकजुट गराउने नेपाली सेनाको प्रयासको प्रशंसा गरेको बताए । अनुकरणीय संयुक्त प्रयासमा सहभागि हुन पाएकोमा हामी गाैरबान्वित भएकाे भन्दै उनले नेपालको गौरवलाई कायम राख्न सफाई अभियानको नेतृत्व लिने टोलीलाई अग्रिम शुभ कामना पनि दिए ।
याे कार्यक्रमले विभिन्न सरकारी, गैर-नाफामुलकसंस्था र निजी क्षेत्रका कम्पनीहरुको लागि वातावरणको संरक्षणमा काम गर्ने र नेपालको प्राकृतिक गौरव र सौन्दर्य संरक्षणमा साँझा चाँसो राख्ने थलाे स्थापना गरेको कम्पनीले जनाएको छ ।
नेपालका कोकाकोला कम्पनीका देशी निर्देशक आदर्श अवस्थीले ग्लोबल वल्र्ड विथआउट वेस्ट लक्ष्य अनुसार सन् २०३० सम्ममा कम्पनीले बेचेको हरेक बोतल रिसाइकल गर्नु रहेको बताए । ‘हामी फराकिलो सम्बोधनमा आफ्नोे भूमिका खेल्न प्रतिबद्ध छौं । प्लास्टिक फोहोर चुनौती र हिमाली सफाई अभियानमार्फत हामी नेपाललाई स्वच्छ राख्नेछौं भन्ने आशा राख्दछौं’ उनले भने ।








