आईपीएलमा दिल्लीको दोस्रो जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत दिल्ली क्यापिटल्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पञ्जाबले दिएको १९६ रनको लक्ष्य पछाएको दिल्लीले १८.२ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

दिल्लीको जितमा शिखर धवनले सर्बाधिक ९२ रन बनाएका थिए । उनले ४९ बलमा १३ चौका र २ छक्का प्रहार गर्दै ९२ रनको उत्कृष्ट पारी खेलेका थिए । त्यस्तै पृथ्वी शाले ३२ रन बनाए भने मार्कस स्टोइनिसले अविजित २७, कप्तान ऋषव पन्तले १५, ललित यादवले अविजित १२ र स्टिभ स्मिथले ९ रन बनाए ।

पञ्जाबका बलर झी रिचार्ड्सनले २ विकेट लिए भने अर्शदीप सिंह र रिले मेरेडीथले एक एक विकेट लिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पञ्जाबले २० ओभरमा ४ विकेट गुमाएर १९५ रन बनाएको थियो । पञ्जाबका लागि मयंक अग्रवालले ६९ रन बनाए भने कप्तान केएल राहुलले ६१ रन बनाए । त्यस्तै दीपक हड्डाले २२ रन बनाए भने शाहरुख खानले ५ बलमा १५ रन बनाए । त्यसैगरी क्रिस गेलले ११ र निकोलस पुरनले ९ रन बनाए ।

यो जितपछि दिल्लीले आफ्नो तीन खेलमा दोस्रो जित हासिल गरेको छ भने पञ्जाब किंग्सले ३ खेलमा दोस्रो हार बेहोरेको छ ।

प्रतिक्रिया