त्रिदेशीय क्रिकेट : नेदरल्याण्ड्सद्वारा मलेसिया १५ रनले पराजित

काठमाडौं । काठमाडौंमा चलिरहेको त्रिदेशीय ट्वेन्टी ट्वेन्टी क्रिकेटमा नेदरल्याण्ड्सले मलेसियालाई १५ रनले हराएको छ ।

१ सय ९२ रनको लक्ष्य पाएको मलेसियालाई २० ओभरमा ८ विकेट गुमाउँदै एक सय ७६ रनमा अलआउट गर्दै नेदरल्याण्ड्सले प्रतियोगितामा पहिलो जित हात पारेको हो ।

खराब सुरुवात गरेको मलेसियाले १२ रन बनाउँदा दुई विकेट गुमाएको थियो । थप ८ रन जोड्दा मलेशियाको अर्को विकेट गयो ।

सरभिन मुनीडे र भिरनदिप सिंहले चौथो विकेटका लागि ५८ रनको साझेदारी गर्दै टिमलाई केही सम्हाले ।

सरभिन २८ रनमा आउट भए भने अनिमुदिन राम्लेले २६ रन बनाए ।

विरनदिप सिंहले सबैभन्दा धेरै ८७ रन बनाएपनि टिमलाई जिताउन भने सकेनन् । नेदरल्याण्ड्सका आर्यन दत्त, बास डी लिडी र सवास्चियन ब्राटले दुई दुई विकेट लिए ।

नेदरल्याण्ड्स, शुक्रबार नेपालसँग नौ विकेटले पराजित भएको थियो ।

कीर्तिपुर मैदानमा टस जितेर पहिले ब्याटिङ गरेका नेदरल्याण्ड्सले २० ओभरमा दुई विकेट गुमाउँदै एक सय ९१ रन बनायो । उसका लागि म्याक्सले उत्कृष्ट पारी खेले ।

नेदरल्याण्ड्सका लागि ट्वेन्टी ट्वेन्टी क्रिकेटमा शतक बनाउने पहिलो खेलाडी बन्ने क्रममा म्याक्सले ५९ बलमा शतक बनाए ।

प्रतियोगितामा नेपालले भोली मलेसियासँग खेल्नेछ ।

प्रतिक्रिया