एक लाख भारतीय नोटसहित नौसाद पक्राउ

विराटनगर । एक लाख भारतीय रुपैयाँसहित एक जनालाई प्रहरीले पक्राउ गरेकोछ । विराटनगर महानगरपालिका-१७ मटेरुवाबाट अस्थायी प्रहरी चौकी मटेरुवाको टोलीले धरान ८ का नौसाद मियाँलाई पक्राउ गरेको हो ।

प्रहरीले चेकजाँचको क्रममा उनको साथबाट भारतिय नोट ५०० दरका २०६ थान बरामद गरेको हो । एक लाख ३ हजार भारतीय नोट फेला परेकोले मियाँर्ला नियन्त्रणमा लिएरु अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।

प्रतिक्रिया