एसईई ‘प्रि-बोर्ड’ परीक्षा सुरु

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)ले आफू मातहतका विद्यालयका एसईई ‘प्रि-बोर्ड’ परीक्षा सुरु गरेको छ । प्याब्सनले आजदेखि देशभरका ४५ सयभन्दा बढी विद्यालयमा प्रि बोर्ड परीक्षा सञ्चालन गरेको हो ।

बढ्दो कोभिड-१९ को जोखिमलाई ध्यानमा राखी ‘होम सेन्टर’को अवधारणा अनुसार परीक्षा भइरहेको प्याब्सन काठमाडौँ जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिए । परीक्षा आउँदो १४ गतेसम्म परीक्षा सञ्चालन हुनेछ ।

यस्तै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन नेपाल (एनप्याब्सन)ले भने बैशाख ९ गतेबाट प्रि-बोर्ड परीक्षा सञ्चालन गर्ने भएको छ । आफू मातहतको २५६२ विद्यालयमा ‘होम सेन्टर’को अवधारणा अनुसार नै परीक्षा संचालन गरिने एनप्याब्सनका राष्ट्रिय अध्यक्ष ऋतुराज सापकोटाले जानकारी दिए ।

सामुदायिक बिद्यालयहरुमा भने प्रि-बोर्ड परीक्षा हुने वा नहुने अझै निश्चित भैसकेको छैन ।

प्रतिक्रिया