२६ सहसचिव/उपसचिवको सरूवा तथा पदस्थापन, को कहाँ ?

काठमाडौँ । गृह मन्त्रालयले २६ जना सहसचिव उपसचिवको सरूवा तथा पदस्थापन गरेको छ । गृहमन्त्रीस्तरीय निर्णयबाट सरूवा तथा पदस्थापन गरिएको हो ।

मन्त्रालयका अनुसार बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङलाई इलाका प्रशासन कार्यालय टीकापुर कैलालीमा पठाइएको छ, बाँकेको प्रजिअमा शिवराम गेलाललाई जिम्मेवारी दिइएको छ । यस्तै अध्यागमन विभागमा नारायणप्रसाद भट्टराईलाई पठाइएको छ ।

नवलपरासी पश्चिमको प्रमुख जिल्ला अधिकारीमा धर्मेन्द्र मिश्र, लमजुङमा होमप्रसाद लुईँटेल, बैतडीमा राजेन्द्रदेव पाण्डे, रोल्पामा नवराज सापकोटा, डोटीमा सुनिल खनाल, बाजुरामा गोपालकुमार अधिकारी र मकवानपुरमा भरतमणि पाण्डेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।

को कहाँ ? हेर्नुस् सूची :-

यसैबीच, अर्थ मन्त्रालयले पनि सहसचिवको जिम्मेवारी हेरफेर गरेको छ भने केहीलाई नयाँ भूमिका दिएको छ ।

मन्त्रालयको प्रशासन महाशाखाको प्रमुख रहेका बाबुराम भण्डारीलाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्र प्रमुख बनाइएको छ । प्रशासन महाशाखाको जिम्मेवारी सहसचिव सुमन दाहाललाई दिइएको छ ।

दाहाल मन्त्रालयको योजना अनुगमन तथा मूल्यांकन महाशाखामा थिए । दाहालको स्थानमा सहसचिव महेश आचार्यलाई ल्याइएको छ । वीरगन्ज भन्सार कार्यालयका प्रमुख रहेका उनी पहिलोपटक अर्थ मन्त्रालय भित्रको जिम्मेवारीमा आइपुगेका छन् । वीरगन्जमा नयाँ सहसचिव विश्व अर्याल गएका छन् ।

यसैगरी नयाँ सहसचिव ईश्वरी अर्याललाई भन्सार विभागफ अच्युत शिवाकोटीलाई भन्सार जाँचपास परीक्षण कार्यालय, बाबुराम सुवेदीलाई सार्वजनिक ऋण व्यवस्थापन कार्यालय तथा थानप्रसाद पंज्ञानी र उमाकान्त आचार्यलाई महालेखा नियन्त्रक कार्यालयमा जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया