हाइभोल्टेज विजुली आउँदा करेन्ट लागेर एक जनाको मृत्यु, १५ घाइते

धनकुटा । जिल्लाको महालक्ष्मी नगरपालिका–४ चानुवामा हाइभोल्टेज विद्युत प्रवाह हुँदा एक जनाको ज्यान गएको छ । १५ जना घाइते भएका छन् ।

शनिवार विहान ११ बजेतिर मोवाइल चार्ज गर्ने क्रममा हाइभोल्टेज करेन्ट प्रवाह हुँदा भुतडाँडा गाउँका चन्द्रबहादुर कार्कीको घटनास्थलमै मृत्यु जिल्ला धनकुटाका प्रहरी उपरिक्षक गोविन्द अधिकारीले जानकारी दिए ।

करेन्ट लागेर नेवार गाउँकी बमकुमारी श्रेष्ठ गम्भिर घाइते भएकी छिन् । त्यस्तै सोही गाउँका पदमबहादुर श्रेष्ठ र सावित्रा निरौला, जिमी गाउँका लाजिहाङ्ग जिमी रमा रोक्का, लिलादेवी भण्डारी, मोतिमाया जिमी, सम्झना लिम्बू र तारा कटुवाल पनि घाइते भएका छन् । उनीहरुको धरानमा उपचार भइरहेको छ । घाइते अन्य ६ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

अनुसार हावाहुण्डरिको कारण विहिवारदेखि नै विजुली गएको र ११ बजेतिर अचानक हाइ भोल्टेज करेन्ट आउँदा धेरैजनालाई करेन्ट लागेको स्थानीयबासिन्दा जगत पौडेलले जानकारी दिए । कसैलाई टीभी जोड्ने क्रममा र कसैलाई मोबाइल जोड्न खोज्दा करेन्ट लागेको उनले बताए । हाइभोल्टेज विद्युत प्रवाह हुँदा अधिकांश घरका टिभी, मोवाइल, वत्ति लगायत विद्युतीय सामान जलेका छन् ।

नेपाल विद्युत प्राधिकरण धनकुटा वितरण केन्द्र प्रमुख दिपक सापकोटाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रतिक्रिया