नेदरल्यान्ड्सद्वारा नेपाललाई १३७ रनको लक्ष्य
२०७८ वैशाख ४ गते

काठमाडौं । त्रिकोणात्मक टी–२० क्रिकेट सिरिजको पहिलो खेलमा नेदरल्यान्ड्सले नेपाललाई जितका लागि १ सय ३७ रनको सामान्य लक्ष्य दिएको छ ।
टियू अन्तराष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनाएको हो ।
खराब सुरुवात गरेको नेदरल्यान्ड्ले तेस्रो ओभरमा नै टोलीको मात्र १२ रन हुँदा २ विकेट गुमाएको थियो । टिमको दोस्रो तथा आफ्नो स्पेलको पहिलो ओभर लिएर आएका सन्दीप लामिछानेले नेपाललाई पहिलो विकेट दिलाएका थिए ।
२०७८ वैशाख ४ गते
प्रतिक्रिया
सम्बन्धित








