नेपाल र नेदरल्यान्ड्सबीचको खेल शुरु

काठमाडौं । त्रिदेशीय टि–२० क्रिकेट सिरिजमा नेपाल र नेदरल्यान्ड्सबीचको खेल शुरु भएको छ । त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ ।

सिरिजको उद्घाटन खेलमा नेपाल जितको खोजीमा हुनेछ । सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसिया छन् ।

नेपालको प्लेइङ इलाभेनमा कप्तान ज्ञानेन्द्र मल्ल (कप्तान), दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, अभिनाश बोहरा, आरिफ शेख, आसिफ शेख, कुशल भुत्तेल र साहब आलम छन् ।

प्रतिक्रिया