दक्षिण अफगानिस्तानमा बम विस्फोट‚ चार सर्वसाधारणको मृत्यु

कान्दाहार । अफगानिस्तानको कन्दाहार प्रान्तमा बिहीबार राति भएको एक बम विस्फोटमा परी कम्तीमा चार सर्वसाधारणको मृत्यु भएको स्थानीय प्रहरी स्रोतले शुक्रबार पुष्टि गरेको छ । मारिएका ती सर्वसाधारणमा एकै परिवारका तीनजना रहेको बताइएको छ । एक महिला र उनकै दुई बच्चाको मृत्यु भएको समाचारमा जनाइएको छ ।

शाह वाली कोट जिल्लाको जर्ताली इलाकामा ती परिवारको गाडी बमसँग ठोक्किँदा उनीहरुको सवारीसाधन ध्वस्त भएको प्रहरी प्रवक्ता जमाल बराक्जाईले बताएका छन् । अफगानिस्तानमा आतङ्ककारीहरुले सुरक्षाबललाई लक्षित गर्दै गृह निर्मित बम सडक किनारमा विस्फोटन गराउँदै आएका छन् । यस्ता घातक हतियारहरुले सर्वसाधारणलाई पनि बारम्बार हानी पुर्‍याउँदै आएको छ ।

अफगानिस्तानमा सन् २०२० जारी सशस्त्र द्वन्द्वमा परी २ हजार ९५० भन्दा बढी सर्वसाधारणको मृत्यु हुनुको साथै ५ हजार ५४० भन्दा बढी घाइते भएका देशको स्वतन्त्र मानवअधिकार आयोगले जनाएको छ ।

सन् २०२० मा भएका अर्को छुट्टै घटनाहरूमा ३३० जना महिला र ५६५ बालबालिकाको मृत्यु भएको सो आयोग थप जानकारी दिएको छ ।

प्रतिक्रिया