चेम्बरको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको मानार्थ उपाध्यक्षमा लोकमान्य गोल्छा मनोनित भएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति बैठकले विधान बमोजिम मनोनित हुने उपाध्यक्षमा गोल्छालाई मनोनित गरेको चेम्बरले जनाएको छ ।

गोल्छालाई चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले शुक्रबार स्वागत गरेका छन् । चेम्बरले आफूलाई मानार्थ उपाध्यक्ष मनोनित गरेर सम्मान गरेको गोल्छाले बताए ।

हाल उनको हंशराज हुलासचन्द एण्ड को, हुलास वायर इन्डस्ट्रिज, हिम इलेक्ट्रोनिक्स, हुलास मेटल क्राफ्ट्स लगायतका व्यावसायिक प्रतिष्ठानहरू सञ्चालनमा छन् ।

गोल्छा २०२८ सालदेखि नेपाल चेम्बर अफ कमर्समा आबद्ध थिए ।

प्रतिक्रिया