बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

सुनसरी । सुनसरीमा बसको ठक्करबाट एकजनाको ज्यान गएको छ । बराहक्षेत्र नगरपालिका- ४ धनपुरी नयाँपुलका ५७ वर्षीय राजन कार्कीको बसको ठक्करबाट ज्यान गएको हो ।

शुक्रबार दिउसो चतराबाट झुम्का तर्फ गइरहेको ना ६ ख ७१४० नम्बरको बसले ठक्कर दिँदा कार्कीको घटनास्थलमानै मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगर सुनसरीले जनाएको छ ।

बस र चालक बराहक्षेत्र ५ का ४६ वर्षीय गोपाल गौतम प्रहरी नियन्त्रणमा छन् ।

प्रतिक्रिया