त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको ट्रफी सार्वजनिक

काठमाडौं । शनिबारबाट काठमाडौंमा सुरु हुने त्रिकोणात्मक टी–ट्वान्टी सिरिजको ट्रफी सार्वजनिक गरिएको छ ।

नेपाल क्रिकेट संघ क्यानले शुक्रबार काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको ट्रफी सार्वजनिक गरेको हो । त्रिवि क्रिकेट मैदानमा आयोजना हुने सिरिजमा नेपाल, नेदरल्यान्ड्स र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् । तीन राष्ट्रको कप्तानले ट्रफी सार्वजनिक गरेका हुन् ।

प्रतियोगिताको पहिलो खेलमा नेपालले नेदरल्यान्ड्ससँग शनिबार खेल्नेछ । नेपालले दोस्रो खेलमा मलेसियासँग वैशाख ६ मा खेल्नेछ ।

यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । यस्तै अन्तिम लिग खेलमा नेपालले वैशाख ९ गते मलेसियासँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् ।

प्रतियोगिताको फाइनल खेल वैशाख ११ गते हुनेछ ।

प्रतिक्रिया