नेपालको पहिलो मल्टि ब्राण्डेड जुत्ता सोरुम संचालनमा

काठमाडौं । काठमाडौंको मुटु मानिने रत्नपार्क(बागबजार मोड) मा विभिन्न ५ नेपाली जुत्ता चप्पल उत्पादक कम्पनीहरूले ब्रान्डेड जुत्ता शोरुम संचालनमा ल्याएका छन् ।

रत्नपार्क चोकबाट बागबजार छिर्ने मुखमा पहिला रातोघरका नामले परिचित स्थानमा नेपालका स्थानमा निर्माण भएको नवनिर्मित कम्प्लेक्सको भुईं तल्लामा सोरुम रहेको कम्पनीले जनाएको छ ।

एकै छानामुनि विभिन्न ब्राण्डका नयाँ नयाँ मोडेल तथा डिजाइनका जुत्ता चप्पल एकदमै सस्तो मूल्यमा उपलब्ध हुने कुरा केटिएम सुजका संचालक प्रमोद कुमार महत्तोले बताए ।

उक्त सोरुममा केटिएम सुज भेनस सुज, बोस सुज,बेम्बो सुज तथा हिमानी लेडिज सुज का उत्कृष्ट उत्पादनहरु रहेका छन् ।

उक्त जुक्ता सोरुममा कम्पनीहरुको आ–आफ्नै फ्याक्ट्री आउटलेट भित्र रहेको पनि जनाएको छ । यहाँ उपलब्ध हुने जुत्ता तथा चप्पलमा कम्पनीले वारेण्टी पनि दिएको बताएको छ ।

सिधै आफ्ना उत्पादनहरू उपभोक्तासामु पुग्ने हुनाले उपभोक्ताहरुको सझाव तथा गुनासोलाई पनि ध्यान दिई सो सुझावलाई कार्यान्वयन गर्ने कुरा उल्लेख गरिएको जनाएको छ ।

स्वदेशमा बनेका नेपाली उत्पादनहरुले आम उपभोक्ताको मन जितिरहेको अवस्थामा अझ थप आकर्षित गर्नको लागि एकै छानामुनि सेभ टाइम सेफ मनि भन्ने नारा लिई उक्त सोरुम संचालनमा आएको संचालक महत्तोले बताए ।

प्रतिक्रिया