चट्याङबाट भोजपुर र तेह्रथुममा दुई जनाको मृत्यु

  • सुमन सुस्केरा

विराटनगर । भोजपुर र तेह्रथुममा चट्याङबाट दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा तेह्रथुमको छथर गाउँपालिका ६ असिने बस्ने ९ वर्षीया बालिका रोहिता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० वर्षीया मनमाया राई रहेका छन् ।

मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागी टाउको बाँयातिर जलेको प्रहरीले जनाएको छ । शरीरका अधिकांश भाग जलेर गम्भीर अवस्थामा रहेकी बालिकाको मध्यरातमा ज्यान गएको हो ।

भोजपुरकी राई आफ्नै घरमा बसिरहेको अवस्थामा अचानक चट्याङ लागी बेहोश भएर लडेकी थिइन् । टाउकोमा गम्भीर चोट लागेका राईको प्राथमिक स्वास्थ्य केन्द्र मूलपानी गौचरण दिङ्लामा उपचारको क्रममा मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रतिक्रिया