‘पढाइको नयाँ फण्डा–मेरोस्कुल’ सार्वजनिक

काठमाडौं । एस्ट्रिक टेक्नोलोजीले डिजिटल ई-लर्निङ प्लाटफर्म ‘मेरो स्कुल’ सार्वजनिक गरेको छ ।

कोभिड १९ का कारण छुटेको पढाइलाई पूर्णता दिन र संक्रमण जोखिमका कारण भौतिक ट्यूसन तथा कोचिङ् पठाउन तथा जान नचाहने अभिभावक तथा विद्यार्थीहरुलाई लक्षित गर्दै यस प्लाटफर्म सार्वजनिक गरिएको स्कुलले जनाएको छ ।

प्रविधिको युगमा यस्तो विषम परिस्थितीमा प्रविधिकै प्रयोग गरी विद्यार्थीहरुलाई अध्ययनमा सहयोग पुर्‍याउने उद्देश्यले यस प्लाटफर्मको विकास गरिएको हो।

‘पढाइको नयाँ फण्डा’ स्लोगनसहित सार्वजनिक भएको यो प्लाटफर्मले डिजिटल माध्यमबाट विद्यार्थीहरुको पढाइमा सहयोग गर्ने विश्वास लिएको छ ।

के हो मेरोस्कुल ?

मेरोस्कुल एक डिजिटल इ–लर्निङ्ग प्लाटफर्म हो जहाँ तपाईले नेपाल सरकारको पाठ्याक्रममा आधारित ५ हजारभन्दा धेरै भिडियोहरु पाइने कम्पनीले बताएको छ । यसका साथै यहाँ तपाईले पुराना प्रश्नपत्रहरू हल गरिएका भिडियोहरु पनि पाउन सकिनेछ ।यसका भिडियोहरु सबै एनिमिटेड र पिक्टोरियल फिचरद्वारा तयार पारिएको छ ।

यी भिडियोहरु दक्ष तथा अनुभवी प्रशिक्षकद्वारा सरल भाषामा तयार पारिएका हुन् । शैक्षिक पाठ्यक्रमका अलावा यहाँ तपाईंहरुले डिजाइनिङ कोर्स, ल्याङवेज कोर्सलगायतका कोर्सहरू पनि पाउन सकिनेछ ।

प्रतिक्रिया