सामसङले एनसेलसँगको सहकार्यमा ल्यायो ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ योजना

काठमाडौं । नेपालको सबैभन्दा भरपर्दो एवं विश्वासिलो स्मार्टफोन ब्राण्ड सामसुङले आफ्नो नयाँ वर्षको योजनाअनुसार एनसेलसँगको सहकार्यमा ग्राहकले सजिलै आफ्नो पुरानो बार फोन अर्थात् फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको छ ।

डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियानअन्तर्गत यस योजनामा ग्राहकले हरेक महिना १२ महिनासम्म १ जीबीका दरले एनसेल डेटा पाउने सामसुङले जनाएको छ । सामसुङको तर्फबाट ग्राहकले नयाँ फोरजी चल्ने स्मार्टफोन पाउने पनि बताइएको छ ।

नयाँ वर्ष योजना ‘नयाँ वर्ष, एक्सचेन्जको हर्ष’ नेपाललाई डिजिटल बन्न योगदान पुर्‍याउने सामसुङको प्रतिबद्धता अनुरुप ल्याइएको हो । यससँगै ग्राहकले उत्कृष्ट स्मार्टफोनको अनुभव लिँदै असीमित डिजिटल सम्भावनाहरूसँग आफूलाई जोड्न सक्छन् ।

प्रतिक्रिया