भायानेटले ल्यायो ‘स्पीडी’ अफर !

काठमाडौं । भायानेट, नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक हो । आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा भायानेट सधै अगाडि हुन्छ ।

यसै क्रममा ग्राहकहरुलाई किफायती मूल्यमा सुपर स्पीड इन्टरनेट प्रदान गर्नको लागि भायानेटले अब ल्याएको जनाएको छ ।भायानेट स्पीडी अफर, जसमा ग्राहकले १०० एमबीपीएससम्मको स्पीड पाउन पनि सकिने बताएको छ ।

भायानेट स्पीडी अफर अन्तर्गत पहिलेकै मूल्यमा नयाँ तथा नवीकरण गर्ने वार्षिक ग्राहकहरुले ३० एमबीपीएसको दरमा ५० एमबीपीएस, ४० एमबीपीएसको दरमा ७५ एमबीपीएस र ६० एमबीपीएसको दरमा १०० एमबीपीएस पाउन सकिने जनाएको छ ।

त्यसमाथि १ हजारको रिवार्ड अंकको साथ भायाटिभी, इन्टरनेट जडान खर्च, सेट अप बक्स सबै फ्रिमा प्राप्त गर्न सकिन्छ । यो अफर सीमित अवधिका लागि मात्र लागू बताएको छ ।

प्रतिक्रिया