अमेरिकाको लामो युद्ध अन्त्यको बेला भयोः बाइडन

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडनले अमेरिकाले अफगानिस्तानलाई सहयोग जारी राख्ने वाचा गरेका छन् । सन् २००१ मा अमेरिकी हवाई हमला घोषणा गरिएको ह्वाइट हाउसको कक्षबाट उनले भने, ‘यो अमेरिकाको सबैभन्दा लामो युद्ध अन्त्य गर्ने बेला हो ।’

अधिकारीहरूका अनुसार सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकाको वर्ल्ड ट्रेड सेन्टरमा भएको आतङ्कवादी हमलाको २०औँ वार्षिकी पारेर सैनिकहरूलाई फिर्ता ल्याउन लागिएको हो । यतिखेर अफगानिस्तानमा रहेका ९,६०० नेटो सैनिकमध्ये कम्तीमा २,५०० अमेरिकी फौज छन् ।

अमेरिकी र नेटो अधिकारीहरूका अनुसार एउटा कट्टरपन्थी इस्लामवादी अभियान तालिबानले अफगानिस्तानमा हिंसा घटाउने वाचा अहिलेसम्म पालना गरिरहेको छ । बीबीसी

प्रतिक्रिया