विराटनगरलाई हराउँदै एपीएफ फाइनलमा

विराटनगर । विराटनगरमा जारी विराट गोल्डकपको सेमीफाइलनको दोश्रो खेल आज हुँदैछ । आरा रारा गोल्डकपका बिजेता संकटा ब्याइज स्पोटिङ्ग क्लब काठमाडौं र भारतको पंजाव पुलिस क्लब बिच दोस्रो सेमिफाइनल खेल हुनेछ ।

संकटाले क्यामरुनलाई १-० गोलले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि संकटाले पोखरामा सम्पन्न आहा रारा गोल्डको फाइनलमा क्यामरुनलाई टाईब्रेकरमा ४–२ गोलले हराउँदै उपाधि उचालेको थियो ।

एपिएफ फाईनलमा
विराटनगरमा जारी छैठौं विराट गोल्डकपमा विभागीय टिम सशस्त्र प्रहरी (एपीएफ) काठमाण्डौं फाइनलमा प्रवेश गरेको छ । सहिद मैदानमा बुधबार राती भएको पहिलो सेमिफाइनल खेलमा घरेलु टिम विराटनगर ११ लाई ३–२ गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

जितसँगै एपीएफले छैठौं संस्करणको उपाधि जित्नको लागि संकटा व्वाइज स्पोटिङ्ग क्बल काठमाण्डौं र भारतको पंजाव पुलिस क्लबको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ । जितको लागि एफिएफका सनिश श्रेष्ठ, रबि थिङ्ग र मणि लामाले गोल गरेका थिए ।

खेलको सुरूवातमा दुवै टिम आक्रमक देखिएपनि पहिलो हाफको २६ औ मिनेटमा एपीएफका सनिश श्रेष्ठले गोल गरि टिमलाई अग्रता दिलाए । श्याम नेपालीले दिएको क्रस पासलाई सनिशले पेलान्टी एरियामा गरेको वान टच गोलमा परिणत भयो ।

पहिलो गोल खाएपछि दबाबमा परेको विराटनगरले पहिलो हाफमा खेल बराबारीमा ल्याउन निकै संघर्ष गरेपनि सफल हुन सकेन । खेलको ५३ औं मिनेटमा विराटनगरका विदेशी खेलाडी स्टेपर समिरले डिबक्स एरिया नजिक बललाई होल्ड गरि गरेको प्रहार गोलमा परिणत भयो ।

विराटनगरले गोल गरि खेल बराबारी ल्याएको १४ मिनेट बित्न नपाउँदै एपीएफका रबि थिङ्गले ६७ मिनेटमा गोल गरि टिमलाई अग्रता दिलाए । श्याम नेपालीले निकालिएको क्रस पासलाई रविले जाली चुमाए ।

दोस्रो हाफपछि २–१ ले अग्रता कायम गरेको एपीएफले दोस्रो गोल गरेको दुई मिनेट बित्न नपाउँदै विराटनगरले ६९ औं मिनेटमा गोल गरि खेललाई बराबारीमा ल्याए । विराटनगरका प्रकाश बुढाथोकीले पेलान्टी एरियादेखि वान टच बललाई गोलमा परिणत गराउँदै खेल बराबारीमा ल्याएका हुन् ।

९० औं मिनेटको निर्धारित समयसम्म २÷२ गोलको खेल बराबारी भएपछि ३० मिनेटको अतिरिक्क्त समय थप गरिएको थियो । थप गरिएको अत्तिरिक्क्त समयको २७ औं मिनेटमा एपीएफका मणि लामाले डिबक्स बाहिरदेखि गरेको प्रहार गोलमा परिणत भएको थियो । उनले गरेको गोल टिमको जितको लागि सुनिश्चित भयो ।

विराटनगर ११ ले पहिलो सेमिफाइनल खेलमा नै हार व्यहोरेपछि छैठो संस्करणको विराट गोल्डकपको उपाधि चुम्ने सपना चकनाचुर भएको छ । दुवै टिम आक्रामक देखिए पनि डिफेन्सलाइनको कमजोरीमा विराटनगरले हार व्यवहोरेको छ । खेलको म्यान अफ द म्याच एपीएफको मणि लामा घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।

प्रतिक्रिया