बैंग्लोरको लगातार दोस्रो जित

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लोरले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । बुधबार राति भएको खेलमा बैंग्लोरले सनराइजर्स हैदरावादलाई ६ रनले पराजित गरेको हो ।
चेन्नाईमा १५० रनको मध्यम लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १४३ रन मात्रै बनाउन सक्यो । हैदरावादका लागि कप्तान डेविड वार्नरले ५४ र मनिष पाण्डेले ३८ रन बनाएपनि जित दिलाउन सकेनन् । बलिङतर्फ बैंग्लोरका शाहबाज अहमदले तीन विकेट लिए । त्यस्तै, हर्षल पटेल र मोहम्मद सिराजले समान २-२ विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १४९ रन बनाएको थियो । बैंग्लोरको सम्मानजनक स्कोरमा ग्लेन म्याक्सवेलले उत्कृष्ट प्रदर्शन गरे । उनले ४१ बलमा पाँच चौका र तीन छक्का प्रहार गर्दै ५९ रन बनाए ।
त्यस्तै, कप्तान विराट कोहलीले ३३ रन बनाउँदा शाहबाज अहमले १४ र कायल ज्यामिसनले १२ रन बनाए । बलिङतर्फ जासन होल्डरले तीन र राशिद खानले दुई विकेट लिए । यो विजयीसँगै बैंग्लोरले लगातार दुई खेलमा जित निकालेको हो । यता हैदरावादको भने यो लगातार दोस्रो हार हो ।








