शाओमीले नेपालमा एमआई टिभी स्टिक लन्च गर्दै

काठमाडौं । शाओमी, नेपालको नम्बर १ स्मार्टफोन ब्रान्डले बुधबार एक स्मार्ट, कम्प्याक्ट र पोर्टेबल ग्याजेट एमआई टिभी स्टिकको शुभारम्भको घोषणा गरेको छ ।

कुनै पनि नन-स्मार्ट टिभीलाई स्मार्ट टिभीमा रुपान्तरण गर्ने लक्ष्य राखेको शाओमीले जनाएको छ । एन्ड्रोइड टिभी ९.० द्वारा संचालित एमआई टिभी स्टिकले गुगल प्लेमार्फत् पाँचभन्दा माथि एप्स र गेम्सहरुको पहुँच प्रदान गर्दछ ।

एक स्लिम र स्लिक डिजाइन भएको एमआई टिभी स्टिक कम्प्याक्ट र लाइटवेट डिजाइन (२८.५ ग्राम्स, ९२.४ ह ३०.४ मिलिमिटर) ले बनेको जनाएको छ ।

प्रयोगकर्ताहरुले अब कुनै पनि टिभीमा पूर्ण एचडी रेजलुसनमा हजारौँ घण्टाको मिल्ने सामग्रीको मज्जा एमआई टिभी स्टिकलाई ३० सेकेन्ड भन्दा कममा जडान गरेर लिन सक्छन् ।

ग्याजेटमा सिनेमा जस्तो अनूभवको लागि डोल्बी र डीटिएस अडियो कम्प्रेसन टेक्नोलोजी पनि छ ।

यसका अतिरिक्त एमआई टिभी स्टिक क्वाड–कोर प्रोसेसर सहितको १ जीबी र्याम र ८ जीबी को इन्टरनल स्टोरेजको सहज र ललेश प्रदर्शनको आश्वासन सहितको प्रोसेसरबाट पनि सुसज्जित रहेको बताएको छ ।

एन्ड्रोइड टिभीको संस्करण (९.०)मा संचालित एमआइटिभी स्टिकले प्रयोगकर्ताहरुका लागि ‘वल्ड अफ कन्टेन्ट’ को पहुँच दिएको छ ।

यो नेटफ्लिक्स, प्राइम भिडियो, डिज्नीं हटस्टार, हंगामा प्ले, जी फाइभ, आह मनोरन्जन जस्ता लोकप्रिय ओटीटी प्लेयरहरुको पहुँचको साथ अनलाइन सामग्री स्ट्रिमिङ्गका लागि एक स्टप गन्तव्य बनेको जनाएको छ ।

गुगल प्ले स्टोरमा ५००० भन्दा बढी एप्लिकेसन्सहरुको उपलब्धताका साथ एमआइटिभी स्टिकले गुगल प्ले स्टोरमा खेल खेल्ने विकल्पहरुको अधिकता पनि प्रदान गरेको छ ।

एमआई टिभी स्टिकमा गुगल सहायक द्वारा संचालित भ्वाईस सर्च रहेको छ जसको मद्तले प्रयोगकर्ताहरुले उनीहरुको दिन योजना बनाउन, पछिल्लो अपडेट/समाचारहरु प्राप्त गर्न, उनीहरुको मनपर्दो सामाग्री खोजी गर्न र अन्य स्मार्ट घरेलु उपकरणहरु नियन्त्रण गर्नका लागि उपयोग गर्न सक्ने जनाएको छ ।

प्रतिक्रिया