आइपीएलमा मुम्बइको जित

काठमाडौँ । साविक विजेता मुम्बईले जारी आईपीएलमा पहिलो जित निकालेको छ । चेन्नईमा मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई १० रनले पराजित गर्दै मुम्बईले पहिलो जित निकालेको हो ।

मुम्बईले दिएको १ सय ५३ रनको मध्यम लक्ष्यसहित जवाफी ब्याटिङ गरेको कोलकाता २० ओभरमा ७ विकेट गुमाएर १ सय ४२ रनमा समेटियो । जितसँगै मुम्बईले २ खेलमा २ अंक जोडेको छ । मुम्बई पहिलो खेलमा रोयल च्यालेन्जर्स बैंगलोरसँग २ विकेटले पराजित भएको थियो ।

प्रतिक्रिया