नयाँ बर्षमा चौँरी महोत्सव

विराटनगर । भारतको पश्चिम बंगाल र सिक्किम राज्यसँग सिमाना जोडिएको पाँचथरको फालेलुङमा चौँरी महोत्सव हुँदैछ । बंगाल, सिक्किम र नेपालका तीन सिमानामा चौँथो चौरी महोत्सव बुधबार गर्न लागिएको हो ।

फालेलुङ गाँउपालिकाको पर्यटन प्रबद्र्धन गर्ने उदेश्यले नयाँ बर्षको अवसरमा चौँरी महोत्सव गर्न लागिएको हो । बिगत बर्षदेखि नै हुँदै आएको महोत्सवमा उच्च पहाडी क्षेत्रको पहिचानको रुपमा रहेको चौँरीको प्रबद्र्धन गर्नु मुख्य उद्देश्य रहेको गाउँपालिकाले जनाएको छ ।

चौँरीको संरक्षण, जैविक विविधताको रक्षा र उच्च पहाडी क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा चिनाउने समेत महोत्सवले उदेश्य राखेको छ । महोत्सवमा तीन सय चौरीहरु भेला गर्ने आयोजकको तयारी छ । पाँचथर र ताप्लेजुङको उच्च पहाडी क्षेत्रमा पालिएका चौँरीहरु एकैठाउँ भेला गर्न लागिएको चौँरी महोत्सव आयोजक समितिका सचिव सुनिल बान्तवाले जानकारी दिए ।

महोत्सवमा आउने पर्यटकहरुलाई चौँरीको गोठमा नै बस्न ‘गोठस्टे’को ब्इवस्था गरिएको छ । बस्तीविहिन ठाँउमा महोत्सवको आयोजना गरिएले पर्यटकहरुका लागि खान र बस्नका चौँरी गोठमा नै राम्रो व्यवस्था गरिएको वान्तवाले बताए । गत बर्षसम्म सडक सुबिधा समेत नपुगेकेो महोत्सव स्थलमा यो बर्ष सडक पुगेकोले सहज भएको आयोजकको दाबी छ ।

तीन हजार छ सय मिटरको उचाईमा रहेको नेपालको फालेलुङ गाँउपालिका ४, भारतको वेष्ट बंगाल र सिक्किमको सिमानामा रहेको तीन सिमानामा नयाँ बर्षको अवसर पारेर बैशाख १ गते (आज) महोत्सव गर्न लागिएको हो । फालेलुङ गाँउपालिकाले प्रबद्र्धन गरेको महोत्सवमा कञ्चनजंघा भू–परिधि संरक्षण तथा विकास पहल नेपाल, फालेलुङ कञ्जनजंघा पर्यापर्यटन संस्था, दीप ज्योती युवा क्लब र कञ्चनजंघा चौँरी पालन संरक्षण संस्थाले महोत्सव आयोजना गर्न लागेको हुन् ।

महोत्सव स्थलमा २१ ओटा चौँरी गोठहरु छन् । चरण क्षेत्र व्यवस्थित नभएपछि पछिल्लो समयमा चौँरी गोठहरु घट्दै गएका छन् । गोठमा चौँरी घट्ने क्रमसँगै चौरी संस्कृति हराएकाले संस्कृति संरक्षणका लागि महोत्सवको तयारी गरिएको वान्तवाले बताए । महोत्सवमा चौरीको दुधबाट बनाइएका परिकारहरु, चौंरी र भेडाको उनबाट बनेका बस्तुहरु र लेकाली क्षेत्रमा पाईने जडिबुटि तथा कृषिजन्य बस्तुको राखिनेछ ।

प्रतिक्रिया