अस्ट्रेलियाली प्रधानमन्त्रीद्वारा नेपाली नयाँवर्षको शुभकामना
२०७७ चैत ३१ गते

काठमाडौं । अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले नेपाली नयाँवर्षको अवसरमा शुभकामना दिएका छन् ।
मंगलबार एक शुभकामना सन्देश जारी गर्दै अस्ट्रेलियाली प्रधानमन्त्री मरिसनले अस्ट्रेलिया र संसारभर फैलिएर रहेका नेपाली समुदायलाई शान्ति‚ सुरक्षाको कामना गरेका छन् ।
उनले जारी गरेको शुभकामना सन्देशमा नयाँ वर्षले अस्ट्रेलियालीहरूका लागि पनि नेपालका महत्वपूर्ण संस्कृतिको बारेमा अनुभव गर्ने अवसर जुटाएको उल्लेख गरिएको छ ।
शुभकामना सन्देशमा उनले लेखेका छन्‚ ‘नववर्षको उत्सव अष्ट्रेलियाको विशाल समुदायका लागि नेपालको अद्वितीय संस्कृतिको बारेमा अनुभव गर्ने सुवर्ण अवसर पनि हो ।’
२०७७ चैत ३१ गते
प्रतिक्रिया
सम्बन्धित








