नयाँ वर्षमा टेलिकमले ल्यायो यस्तो अफर

काठमाडौं । नेपाल टेलिकमले नयाँ वर्ष २०७८ को अवसरमा ग्राहकहरुको सुविधालाई ध्यानमा राखी विभिन्न प्याकेज सहितको स्प्रिङ अफर सार्वजनिक गरेको छ ।

यस अफर अन्तर्गतका सेवाहरु चैत ३१ गतेदेखि ९० दिनसम्म उपयोग गर्न सकिनेछ । यसअघि उपलब्ध विन्टर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित स्प्रिङ अफर उपलब्ध गराएको हो । नयाँ वर्षको अवसरमा कम्पनीका मोबाइल ग्राहकका लागि प्रतिदिन ५ सय एमबी डाटा २८ दिनसम्म प्रयोग गर्न सकिने गरी १४ जीबी डाटाको अफर जम्मा २ सय ९९ मा उपलब्ध गराएको छ ।

स्प्रिङ अफर अन्तर्गत नै ग्राहकहरुको सुविधालाई ध्यानमा राखी जम्मा १ सय २५ मा सबै नेटवर्कमा १ जीबी र फोरजी नेटवर्कमा थप ३ जीबी गरी जम्मा ४ जीबी डाटा अफर ल्याएको छ । ५ दिन प्रयोग गर्न सकिने यस अफरमा १०० मिनेट कुराकानी समेत गर्न सकिन्छ । यो अफर पनि २४ सै घण्टा प्रयोग गर्न सकिन्छ ।

साथै, २ घण्टासम्म असीमित डाटा प्रयोग गर्न सकिने गरी ३० को अर्को अफर पनि थप गरेको छ । यो अफर २४ सै घण्टा कुनैपनि समयमा उपयोग गर्न सकिन्छ । नयाँ वर्षको अवसरमा कम्पनीका जिएसएम मोबाइल ग्राहकहरूका लागि जम्मा २ सय ८० मा २८ दिनसम्म प्रयोग गर्न सकिने ४ जीबी डाटा प्याक अफर ल्याएको छ । यो प्याक अन्तर्गत लिइएको ३ जीबी डाटा जुनसुकै समयमा र नेटवर्कमा प्रयोग गर्न सकिन्छ ।

यसैगरी टेलिकमले डाटा प्याक अन्तर्गत नै जम्मा ९५ मा १.५ जीबी डाटा प्रयोग गर्न सकिने अफर पनि उपलब्ध गराएको छ । यो प्याक ७ दिनसम्म २४सै घण्टा प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

प्रतिक्रिया