थ्रेसरबाट आगलागी हुँदा लाखौंको क्षति

सुनसरी । सुनसरीमा गहुँ काट्ने क्रममा थ्रेसरबाट आगलागी भएको छ । दुहबी नगरपालिका- ११ तनमुनामा थ्रेसरबाट आगलागी हुँदा लाखौंको धनमाल क्षति भएको हो ।

सोमबार दिउँसो सोमनलाल माझीले घरको आँगनमा थ्रेसरबाट गँहु झारी रहेको अवस्थामा अचानक थ्रेसरबाट आगलागी भएको प्रहरीले जनाएको छ । प्र–१–००२–००३ त १२५७ नम्बरको ट्याक्टर, थ्रेसर र सोमलाल माझीको घर तथा घरमा रहेका सरसामान, अन्नपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट करिब १९ लाख बराबरको धनमाल क्षति भएको जनाइएको छ । आगो दमकल, प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा आएको छ । आगो निभाउने क्रममा सोही स्थानका ४७ वर्षीय राजेन्द्र साहसमेत घाइते भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ ।

प्रतिक्रिया