उन्मुक्त पुस्ताको कविता कृति ‘रोअरिङ फ्लेम्स’ सार्वजनिक

काठमाडौं । पहिचानलाई आधारभूमि बनाएर कविता सिर्जना गर्ने कविहरुको समूह उन्मुक्त पुस्ताले अङ्ग्रेजी कविताको संग्रह ‘रोअरिङ फ्लेम्स’ सार्वजनिक गरेको छ ।

काठमाडौंको सर्वनाम थिएटरमा आयोजित एक कार्यक्रममा कवि भूपाल राई, अभियन्ता कैलाश राई तथा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक तथा सबाल्टर्न दर्शनका अध्येता डा. तारालाल श्रेष्ठले कविता संग्रह विमोचन गरेका हुन् ।

‘रोअरिङ फ्लेम्स’ को नेपाली अर्थ आगोको भरभराउँदो लप्को भन्ने हुन्छ ।

कार्यक्रममा कवि तथा गीतकार भूपाल राईले आफूले एक्लै रहेर पनि लामो समय साहित्य राजनीति नै भएको बहस गर्दै आएको र अहिले उन्मुक्त पुस्ताले सोही विचारलाई निरन्तरता दिएको बताए । साहित्य राजनीतिबाट निरपेक्ष रहनै नसक्ने उनको दाबी थियो ।

‘रोअरिङ फ्लेम्स’ केवल बिनाबी,माधव घिमिरे अटल, मुक्तान थेबा, प्रकाश गुरागाईँलगायत १७ कविका ५१ कविता समावेश छन् ।

प्रतिक्रिया