माेरङमा काेभिडबाट एक बृद्धाकाे मृत्यु

विराटनगर । विराटनगरमा काेभिड १९ संक्रमित एकजनाकाे निधन भएकाे छ । विराटनगरकाे काेशी काेभिड अस्पतालमा उपचारका क्रममा दमक नगरपालिका ८ का ९२ वर्षीय खड्गबहादुर सेढाईकाे मृत्यु भएकाे प्रदेश १ काे सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सेढाइ चैत २५ गते संक्रमित भएपछि उपचारको लागि काेभिड अस्पताल भर्ना भएका थिए । परिवारका ५ जना संक्रमित भएर ल्याएकाेमा उनकाे मृत्यु भएकाे हाे । सेढाई लामो समयदेखि मधुमेहका बिरामी रहेकाे अस्पतालले जनाएको छ ।

प्रतिक्रिया