एथ्लेटिको मड्रिडलाई उपाधिमा धक्का

काठमाडौं । एथ्लेटिको मड्रिडले स्पेनिस ला लिगा फुटबलमा रियल बेटिससँग १-१ गोलको बराबरी खेलेको छ। बराबरीेसँगै एथ्लेटिको मड्रिडलाई उपाधि यात्रामा भने ठूलो असर गरेको छ ।

लिगको मध्यतिर आइपुग्दासम्म शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडले १० अंकको हारहारीमा अग्रता बनाइरहेको थियो । तर लिगको उतरार्धतिर आइपुग्दा एथ्लेटिको मड्रिडको प्रदर्शन खस्किएको छ । घरेलु टिम रियल बेटिसविरुद्ध सुरुवात मै अग्रता लिएको एथ्लेटिको मड्रिडले आफ्नो अग्रतालाई जोगाउन नसक्दा अंक बाँडेको हो ।

खेलको पाँचौं मिनेटमा नै यानिक कारास्कोले गोल गर्दै एथ्लेटिको मड्रिडलाई १-० को अग्रता दिलाए । तर २० औं मिनेटमा क्रिस्टियन टेलोले गोल गरेपछि रियल बेटिसले एथ्लेटिको मड्रिडसँग १-१ गोलको बराबरी खेलेको हो ।

यो बराबरीसँगै एथ्लेटिको मड्रिड लिगको शीर्ष स्थानमा त उक्लियो । तर महत्वपूर्ण तीन अंक भने गुमाएको छ । एथ्लेटिको मड्रिडको ३० खेलबाट ६७ अंक भएको छ। लिगको दोस्रो स्थानमा झरेको रिय मड्रिडको ३० खेलबाट ६६ अंक छ । लिगको तेस्रो स्थानमा रहेको बार्सिलोनाको ३० खेलबाट ६५ अंक छ ।

प्रतिक्रिया