आईपीएल क्रिकेटः कोलकाताको विजयी सुरुवात

काठमाडौं । कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । आइतबार राति भएको खेलमा कोलकाताले सनराइजर्स हैदरावादलाई पराजित गरेको हो ।

रोमाञ्चक खेलमा हैदरावादलाई १० रनले पराजित गर्दै कोलकाताले विजयी सुरुवात गरेको हो । १८८ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको हैदरावादले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा १७७ रन मात्रै बनाउन सक्यो । हैदरावादका मनिष पाण्ड ६१ रनमा अविजित रहे । त्यस्तै, जोन्नी बैरस्टवले ५५ रन बनाएपनि टिमलाई जिताउन सकेनन् । बलिङतर्फ प्रसिद्ध कृष्णले दुई विकेट लिए ।

चेन्नाईमा यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १८७ रन बनाएको थियो । कोलकाताका लागि नितिश रानाले ५६ बलमा ९ चौका र चार छक्का प्रहार गर्दै ८० रन बनाए । राहुल त्रिपाठीले ५३ र दिनेश कार्थिकले २२ रन बनाए । बलिङतर्फ हैदरावादका मोहम्मद नाबी र राशिद खानले समान २-२ विकेट लिए ।

प्रतिक्रिया