तस्बिरमा पशुपतिको गंगा आरती

काठमाडौं । पशुपतिनाथ मन्दिरमा २०६४ सालदेखि विधिवत रुपमा गंगा आरती सुरु भएकाे हाे । आरती हेर्न अहिले पनि सयौं  भक्तजन पशुपतिमा पुग्ने गरेका छन् । धर्म संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने मनशायले सुरू गरिएको प्रभावकारी मन्त्रगायनसहितको ‘श्री पशुपतिनाथ एवं वागमती गंगा आरती’ प्रत्येक साँझ सांगितिक भजन कृतनसहित गर्ने गरिन्छ ।

दिउँसभरीको थकान मेट्न तथा शिव ताण्डव स्तोत्र श्रवण गर्न धेरै मानिस आरतीकाे समयमा पशुपति क्षेत्रमा पुग्ने गरेका छन् ।
यो स्तोत्र त्रेता युगमा भगवान शिवलाई प्रसन्न पार्नका लागि राक्षसराज रावणले गाएको स्तोत्र हो । यो स्तोत्र पाठ/गर्नाले शिव प्रसन्न हुने विश्वास गरिन्छ ।

देवीदेवतासहित वागमती गंगा र पशुपतिनाथको आरती गरिने याे क्षेत्रमा जो कोहीले आरती गराउन चाहे गराउन पाउने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकाश काेषले जनाएकाे छ ।
हेराैं गंगा आरतीकाे फाेटाेफिचर

प्रतिक्रिया