शिवपुरीको डढेलो नियन्त्रण गर्न होलिकोप्टरबाट पानी

काठमाडौं । शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा लागेको डढेलो नियन्त्रणका लागि हेलिकप्टरको प्रयोग गरिएको छ । सिम्रिक एयरको हेलिकप्टरमार्फत पानी खसालेर डढेलो नियन्त्रणमा लिने प्रयास गरिएको हो ।

आइतवार दिउँसो आगलागी भएपछि नियन्त्रणका लागि काठमाडौं महानगरपालिका, बुढानीलकण्ठ नगरपालिका, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल आगो नियन्त्रणका लागि पुगेको थियो । तर, डढेलो नियन्त्रणमा नआएपछि हेलिकप्टर बोलाइएको थियो ।

पानी भर्नका लागि होटल सब्रिनाको स्वीमीङ्ग पुल र मेलम्ची खानेपानीको प्रयोग गरिएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिलले जानकारी दिए ।

प्रतिक्रिया