सुनचाँदी व्यवसायीको हत्या भएकोप्रति महासघंद्वारा ध्यानाकर्षण

काठमाडौं । सुनचाँदी व्यवसायी प्रदीप विश्वकर्माको शनिबार सिरहाको लहानमा गोली हानी हत्या भएकोप्रति नेपाल सुनचाँदी व्यवसायी महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

लहानस्थित अमिता ज्वेलर्सका संचालक ४० वर्षीय विश्वकर्माको पसल लुट्न आएका लुटेरा समूहले गोली हानी हत्या गरेको थिए ।

‘यो घटनाले मुलुकभरका सुनचाँदी व्यवसायीलाई त्रसित र भयभितमात्र बनाएको छैन, यसले सिंगो मुलुकको सुरक्षा व्यवस्था र व्यवसायीक सुरक्षाको विषयमा समेत गम्भीर प्रश्नचिह्न खडा भएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा सिरहाको लहान नगरपालिका-२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका विश्वकर्माकोे हत्यापछि सो समूहले अमिता ज्वेलर्समा रहेका सुनचाँदी र नगद पनि लुटपाट गरेका छन् ।

त्यसक्रममा उनकी श्रीमती अमिता विश्वकर्मा पनि घाइते भएकी छन् । लुटेरा समूहले उनकी श्रीमतीमाथि कुटपिट गरी घाइते बनाएको जनाइएको छ । व्यवसायी विश्वकर्मा श्रीमतीसँग त्यहीँ बसेका बेला लुटेरा समूहले गोली चलाएको बताइएको छ ।

‘यसतर्फ हामी सरकार एवं सुरक्षा निकायको ध्यानाकर्षण गराउँदै आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन आग्रह गर्दै दोषीलाई तत्काल नियन्त्रणमा लिई आवश्यक कारवाही गर्न र मृतकको परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गरी शान्ति सुरक्षाको प्रत्याभूति गर्न हामी समस्त सुनचाँदी व्यवसायी जोडदार माग गर्दछ,’ महासंघद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया