विराटनगरमा १४५ विपन्न परिवारलाई आवास

विराटनगर । विराटनगर महानगरपालिकाले १४५ विपन्नका लागि घर बनाइदिने भएको छ । विराटनगर महानगरपालिका महानगर आवास परियोजना अन्तर्गत विराटनगर १२ स्थित ३ बिघा १६ कठ्ठामा १४५ घर निर्माण हुन लागेको हो । सहारा नेपाल, ह्याबिट्याट फर ह्युमुनिटी नेपाल, प्रदेशसभा सदस्य केदार कार्कीको क्षेत्रविकास कार्यक्रम र विराटनगर महानगरपालिकाका साझेदारीमा विपन्न आवास अवास कार्यक्रम संचालन भएको हो ।

भिम पराजुलीले सुकुम्बासी बस्तिलाई व्यवस्थित गर्नेगरी काम शुरु भएको जानकारी दिए । यसअघि सहारा नेपाल, ह्याबिट्याट फर ह्युमानिटी, जीवन विकास र महानगरपालिकाको साझेदारीमा विराटनगर- १२ बैजनापुरको ३२ सुकुम्बासी परिवारलाई घर बनाई हस्तान्तरण भइसकेकाले यो परियोजना पनि चाँडै सम्पन्न गरिने मेयर पराजुलीले बताए ।

प्रदेशसभा सदस्य केदार कार्कीले सुकुम्बासी समस्या समाधानका लागि कार्यक्रमले कुनैपनि उपलब्धि प्राप्त नगरेको अवस्थामा सुकुम्बासीलाई घर बनाइदिने योजना अघि सारेको बताए ।

यस्तो हुन्छ घर
घरको फाउन्डेसन ४ फिट ईट्टाको देवाल र कंक्रिट ढलान हुनेछ । प्रशोधित बाँसको प्यानल बनाएर पिलरको खाँवाको प्रयोग हुनेछ । प्रशोधित बाँसको टाटी बनाएर दुवैपट्टी कुखुरे जालीमा सिमेन्ट प्लास्टर गरिनेछ । ०.३२ एम एमको रंगिन जस्तापाताले छाना निर्माण गरी डिसेम्बर २०२१ सम्ममा परियोजा सकिनेछ । १४५ परिवारलाई प्रतिपरिवार २ लाख ६० हजारका दरले ऋण लगानी गरी जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले लालपुर्जा उपलब्ध गराइने महानगरपालिकाले जनाएको छ ।

घर निर्माण हुने स्थानमा प्रतिपरिवार १०.५ धुर जग्गा रहने महानगरले जनाएको छ । यो आयोजनाअनुसार विराटनगरमा १४५ घर निर्माणका लागि सहारा नेपालले समुदाय परिचालन, समन्वय र परियोजना कार्यान्वयनको भूमिका खेल्ने सहारा नेपालका अनुगमन प्रमुख ओम प्रकाश साहले बताए ।

प्रतिक्रिया