विज्ञापन व्यवसायी अर्याल चेम्बर कार्यसमितिमा निर्वाचित
२०७७ चैत २९ गते

काठमाडौं । मुलुकका अग्रणी विज्ञापन व्यवसायी तथा त्रिकोण एडभर्टाइजिङका प्रबन्ध निर्देशक राजेन्द्र अर्याल नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।
चेम्बरको ७०औं वार्षिक साधारणसभाका क्रममा भएको निर्वाचनबाट अर्याल कार्यसमिति सदस्य निर्वाचित भएका हुन् ।
एनआइसी एसिया बैंकमा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालकसमेत रहेका अर्याल लामो समयदेखि नेपाल चेम्बर अफ कमसको कार्यसमितिमा रहँदै आएका छन् ।
२०७७ चैत २९ गते
प्रतिक्रिया
सम्बन्धित








