नगरकोटीको ‘कल्प-ग्रन्थ’ वैशाख १५ देखि पाठकको हातमा

काठमाडौँ । कुमार नगरकोटीको पुस्तक ‘कल्प-ग्रन्थ’को वैशाख २५ मा सार्वजनिक हुने भएको छ । चैत १४ मा सार्वजनिक गर्नेगरी प्रीमियम संस्करण मात्र निकाल्ने घोषणा गरेको प्रकाशक ‘बुक-हिल’ले निर्धारित समयमा छपाईको काम नसकिएको भन्दै पुस्तक सार्वजनिक गर्ने मिति सरेको जनाएको हो ।

वैशाख २५ मा सार्वजनिक हुने भएपनि डेलिभरीको काम भने वैशाख १५ गतेबाट सुरु हुनेछ । बुक-हिलका अध्यक्ष भूपेन्द्र खड्काले गत मंसिर १ गतेदेखि २०२१ रुपैयाँ भुक्तान लिई किताब अर्डर गर्ने व्यक्तिले किताब पाउने बताए । उनका अनुसार कल्प-ग्रन्थको ३ हजार ७ सय १३ प्रति प्रीबुकिङ भएको छ ।

यसैबीच पुस्तकको प्रोमोसनका लागि भन्दै तयार गरिएको गीत ‘खर्पनमा बोकी हिँड्छु अचेल’ सार्वजनिक गरिएको छ । शनिबार सार्वजनिक गीतको भिडियोमा कुमार नगरकोटीको शब्द तथा अभिनय, हरि लम्सालको संगीत र सुगम पोख्रेलको स्वर रहेको छ ।

बुक-हिलको ब्यानरमा निर्माण भएको म्युजिक भिडियोमा नितिन चन्दको छायांकन र सम्पादन तथा भूपेन्द्र खड्काको निर्देशन रहेको छ । गीत टुवेल्स नोट्स युट्युब च्यानलमा हेर्न सकिनेछ ।

प्रतिक्रिया