प्रदेश १ मा एकैदिन २१ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा शनिबार साँझ मात्र २१ जनाकोरोना संक्रमित थपिएका छन् । मोरङमा १०,  झापामा ६, सुनसरीमा ४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार मोरङको विराटनगरमा ६, पथरीशनिश्चरे, सुन्दरहरैचा, केराबारी १-१ जना, झापाको दमकमा ४, विर्तामोड र भद्रपुरमा १-१, सुनसरीको धरानमा २, इटहरी र दुहवीमा १-१ र प्रदेश १ बाहिरका १ जनामा संक्रमण देखिएको छ । प्रदेश १ मा सम्म ३० हजार ४३८ जनामा संक्रमण देखिएको छ ।

प्रदेश १ मा १९५ जनाको पीसीआर परीक्षण गर्दा ७ महिला र १४ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ३२ हजार ९५३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया