विराट गोल्डकपमा दोश्रो क्वाटरफाईनल आज

विराटनगर । विराटनगरको सहिद रंगशालामा जारी छैठौं विराट गोल्डकपमा क्वाटरफाईनलका खेल सुरु भएको छ । पहिलो खेलमा घरेलु टोली बिराटनगर ११ सेमी फाईनलमा प्रवेश गरेको हो ।

आज दोस्रो क्वाटरफाइनल खेल हुँदैछ । दोश्रो क्वाटरफाईनल खेलमा मछिन्द्र क्लब काठमाडौं र भारतको पंजाव पुलिसबीच प्रतिस्पर्धा हुनेछ । भारतको पंजावले शनिबार टाइब्रेकरमा गोरखा ब्वाइज क्लब रुपन्देहीलाई ४-२ गोलले हराउँदै अन्तिम आठमा प्रवेश गरेको थियो ।

शनिबार राती भएको पहिलो क्वाटरफाइनल खेलमा भारतको वेस्ट बंगाललाई ३-० गोलले हराउँदै विराटनगर सेमिफाइनलमा प्रवेश गरेको हो । जितसँगै विराटनगरले चैत ३० गते हुने सशस्त्र प्रहरी बल, काठमाडौं र नेपाल प्रहरी काठमाण्डौको बिजेता टिमसँग प्रतिस्पर्धा गर्नेछ ।

खेलको म्यान अफ द म्याच विराटनगरका दुई गोल गर्ने सुनिल खड्का घोषित भए । उनले नगद १० हजार रुपैयाँ पाए ।

प्रतिक्रिया