चेन्नाईविरुद्ध दिल्लीको जित

काठमाडौं । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा जित निकालेको छ । शनिबार राति भएको खेलमा दिल्लीले चेन्नाई सुपर किंग्सलाई सात विकेटले पराजित गरेको हो ।

मुम्बईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा १८८ रन बनाएको थियो । चेन्नाईका सुरेश रैनाले अर्धशतक बनाएका थिए । उनले ३६ बलमा चार छक्का र तीन चौका प्रहार गर्दै ५४ रन बनाए । त्यस्तै, मोइन अलीले ३६, साम कुरानले ३४, रविन्द्र जडेजाले २६ र आम्बती रायुडुले २३ रन बनाए । बलिङतर्फ क्रिस वोक्स र अभेष खानले समान २–२ विकेट लिए ।

१८९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको दिल्लीले १८.४ ओभरमा तीन विकेटको क्षतिमा लक्ष्य भेटायो । दिल्लीका शिखर धवन र पृथ्वी शोले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाए । ५४ बलमा १० चौका र दुई छक्का प्रहार गरेको धवनले ८५ रन बनाए । त्यस्तै, ३८ बलमा पृथ्वी शोले ७२ रन बनाए ।

प्रतिक्रिया