कोरोना अपडेट : ३३७ संक्रमित थपिँदा १ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ३ हजार ५३२ वटा नमूनाको पीसीआर परीक्षण गर्दा ३३७ जनामा कोरोना पोजिटिभ आएको हो ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या दुई लाख ७९ हजार ७२५ पुगेको छ । पछिल्लो २४ घण्टामा १५१ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७३ हजार ८८६ पुगेको छ ।

यस्तै कोरोनाका कारण थप एकजनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या तीन हजार ३९ पुगेको छ ।

प्रतिक्रिया