विराट गोल्डकप : विराटनगर ११ र पश्चिम बंगादल आमने–सामने

विराटनगर । विराट गोल्डपकप अन्तर्गत शनिवारको तेस्रो खेल विराटनगर महानगरपालिका–११ र यूनाइटेड फुटबल क्लब पश्चिम बंगालबिच हुँदैछ । विराटनगरस्थित शहीद रंगशालामा साँझ साढे ६ बजेबाट शुरु हुने खेल रोमाञ्चक हुने अनुमान गरिएको छ । घरेलु टोली भएको कारण आजको खेल दर्शकका लागि आकर्षक हुने आयोजकको दाबी छ । विराटनर ११ ले उद्घाटन खेलमा पाहुना टोली भारतको सिक्किम यूनाइटेड फुटबल क्लबलाई २–१ गोलले हराएको थियो ।

शुक्रवार रातिको खेल गोर्खा ब्वाइज रुपन्देहीलाई टाइब्रेकरमा हराउँदै भारतको पञ्जाब पुलिस क्वाटरफाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो खेलमा रुपन्देहीलाई टाइब्रेकरमा ४–२ गोलले हराउँदै भारत क्वारटफाइनलमा प्रवेश गरेको हो ।
संघर्षपूर्ण खेलमा निर्धारित र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीको १/१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरबाट छिनोफानो भएको थियो । टाइब्रेकरमा भारतको तर्फबाट सरबजीत सिंह, जितेन्द्र सिंह, बलजित सिंह र हरीदेव सिंहले गोल गरी टोलीको जित सुनिश्चित गरेका थिए । रुपन्देहीका शक्ति राई र गौरभ श्रेष्ठले मात्र गोल गरे । आशिष गुरूङ्गको प्रहार भारतका गोल रक्षक सतवीर सिंहले उत्कृष्ट बचाउ गरिदिए भने अजित गुरूङ्गले गरेको प्रहार पोलमा लागेर बाहिरियो ।

खेलको म्याद अफ द म्याच भारतको गोल रक्षक सतवीर सिंह घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे ।

प्रतिक्रिया