औकात !

बा
प्राय औकात सिकाउनु हुन्छ
अनि भन्नू हुन्छ
आफू आफ्नो औकात भन्दामाथी
कहिल्यै नजानु
औकात रबर हो
औकात रबर जस्तै हो
रबर जति तन्किछ
त्यो भन्दाबढी नतन्काउनु
नत्र चुडिन्छ
चुडिनु सिध्दिनु हो
औकात तेरो धरातल हो
धरातल बिर्सिनु भनेको
आफ्नो नग्नता बिर्सनु हो
आफ्नो कात्रो आफैले किन्न थाल्नु हो
चिताको इच्छालाई इच्छापत्र
जाहेरी गर्नु हो
तीन चुह्लोको मनुवासङ्ग
मीत लाउने औडाह हुनु हो ।


केही समयदेखि
हेरिरहेको छु
देखिरहेछु
म भन्दा मा…थी बस्नेहरु
त्यसै भईरहेको देखिरहेको छु
हैन भने
यी माथी बस्नेहरू
माथीनै बसेर किन
यसरी उफ्रि–उफ्रि
रडाको मच्चाई रहेका छन्
भुइँतल्ला तिर भ्युव्ङा पर्ने गरी
आगोको फिल्निगो खेलाई रहेका छन्
त्यै पनी परालको छानोमुनी
बसेर ।

माथी बसेर
किन बिर्सिरहेका छन्
लिस्नो र भर्र्याङ्को अस्तित्व
तलतिर बस्नेहरुको उपस्थिति
तलतिर भासिए मात्रै पनि
सकिने छ उस्को औचित्य
किन भुझेर पनि
बुझ पचाई रहेका छन् माथिल्लो मनुवाहरु र
स्विकार्दैनन् तलै बस्नेहरुको औचित्य ।

अत
बिर्सिरहेका छन्
हावा हुन्डरी अनि भुमरी
तलैको सृजना हो भनी
अरे ओ
माथिल्लो भेगका मनुवा हो
माथी पुगेका मनुवा हो
माथी तिमी त्यसै त पुगेका हैनौ नि ?
हैन म आफै आफ्नो बलभुताले
माथी नै भुइँफुटा भएको हु भन्छौं भने
म मानौला तिमी भुइँफुटा नै सहि

तर
याद रहोस् भुइँफुटा
भुइँफुटा भुइँबाट नै फुटेको हो
र भुइँको अस्तित्व तलनै हो
जुन खुवालुङ्गले सिकाई रहेको छ ।

प्रतिक्रिया