ई-लर्निङ प्ल्याटफर्म ‘माई सेकेण्ड टिचर’ वैशाख १ गतेदेखि (भिडिओ सहित)

काठमाडौं । ई-लर्निङ प्लेटफर्म माई सेकेण्ड टिचर सार्वजनिक भएको छ । शुक्रबार होटेल र्‍याडिसनमा एक कार्यक्रम आयोजना गरी माई सेकेण्ड टिचर सार्वजनिक गरिएको हो । माई सेकेण्ड टिचर वैशाख १ गतेदेखि देशभर नै उपलब्ध हुने बताइएको छ ।

आधुनिक शिक्षाको शुरूवात नारासँगै सार्वजनिक भएको माइ सेकेण्ड टिचर इन्टर्‍याक्टिभ लर्निङ प्लेटफर्म क्यामब्रिज विश्वविद्यालयका अनुसन्धानकर्ता र एजुकेटरले डिजाइन गरेका हुन् ।

नेपालको शिक्षालाई विश्वस्तरिय बनाउन सहयोग गर्ने उद्देश्यका साथ माई सेकेण्ड टिचर सार्वजनिक भएको माई सेकेण्ड टिचरका सह-संस्थापक तथा इन्नोभेटिभ नेपाल ग्रुपका अध्यक्ष शुलभ बुढाथोकीले बताए ।

‘नेपालको एजुकेशन सिस्टम र अध्यापनमा समस्या भएर हामी अगाडि बढ्न नसकेका हौं’ उनले भने, ‘यसलाई सुधार्न आवश्यक भएको छ र त्यसका लागि माई सेकेण्ड टिचर आएको हो ।’

नयाँ वर्षदेखि नेपालमा माई सेकेण्ड टिचरको शुरूवात हुनेछ । माई सेकेण्ड टिचर विश्वका १८ देशमा प्रयोग भइरहेको छ । माई सेकेण्ड टिचरमा इन्टर्‍याक्टिभ भिडियो, टुटर सपोर्ट र एआईलगायतका फिचर रहेका छन् ।

यसमा २ तरिकाले अध्ययन गर्न सकिन्छ । एउटा लेक्चर सुनेर र अर्को विशेषज्ञसँग छलफल गरेर । माई सेकेण्ड टिचर मोबाइल एप तथा वेबसाइटबाट प्रयोग गर्न सकिन्छ ।

प्रतिक्रिया