विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हमागाईं

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

शुक्रबार मन्त्रिपरिषद्को निर्णय सुनाउने क्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गर्ने निर्णय गरिएको बताएका हुन् ।

बोर्डको अध्यक्षका लागि हुमागाईंसहित लेखनाथ शर्मा र रमेशकुमार खड्काको आवेदन परेको थियो । विज्ञापन बोर्डमा सदस्यहरू भने यसअघि नै नियुक्त भइसकेका छन् ।

नेपाल टेलिभिजनका पूर्व महाप्रबन्धक हुमागाईं खुला प्रतिस्पर्धाबाट छानिएका तीन जनामध्येबाट नियुक्त भएका हुन् । प्राधिकरणका सदस्यहरू यसअघि नै मन्त्रिस्तरीय निर्णयबाट नियुक्त भइसकेका छन् ।

प्रतिक्रिया