शौचालयमा मृत फेला
२०७७ चैत २७ गते

प्रतिकात्मक तस्बिर
काठमाडौं । काठमाडौं महानगरपालिकाको कोटेश्वरस्थित एक गेस्ट हाउसमा शव फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
शुक्रबार कोटेश्वरको दिपिका गेस्ट हाउसको शौचालयमा मकवानपुर घर भएका ४५ वर्षीय भिम थिङ मृत अवस्थामा फेला परेका हुन् ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको समेत प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।
२०७७ चैत २७ गते
प्रतिक्रिया
सम्बन्धित








